९ जेठ ,
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापाद्वारा राजीनामाको घोषणा गरेका छन् । आफ्नै निवासमा पत्रकार सम्मेलन गरी थापाले राजिनामाको घोषणा गरेका हुन ।
गएको बर्ष सम्पन्न राप्रपाको महाधिवेशनबाट अध्यक्ष बनेका थापाको कार्यशैली प्रति केही केन्द्रीय सदस्यले असन्तुष्टि जनाउँदै आएका थिए ।
राप्रपा र राष्ट्रिय जनशक्ति पार्टीबीचको एकीकरण हुने बेलामा थापाले नेतृत्व हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका थिए ।
राप्रपाका अन्य केन्द्रिय सदस्यहरुले लामो समयदेखि बिरोध गर्दै आएका थिए । केही दिन अघि मात्रै अध्यक्ष थापाले दिएको जिम्मेवारी ७ जना केन्द्रिय सदस्यले बहिस्कार गरेका थिए ।
No comments for: "राप्रपाका अध्यक्ष द्वारा राजीनामाको घोषणा"
Leave a Reply