१८ असोज
खगेन्द्र के सी दाङ ,
घोराहि नगरपालिका देशकै सातौँ र मध्य तथा सुदुर पश्चिममा पहिलो खुलादिसा मुक्त नगरपालीका बन्ने तयारीमा अगाडी बढेको छ । जसका लागि खुल्ला दिशामुक्तको अभियानलाइृ तीब्र रुपमा अगाडी बढाईएको बढेको घोराहि नगरपालिकाले जानकारी दिएको छ ।
संयुक्त अनुगमन र तिव्र कारबाहीमा नगरपालिका अघि बढ्ने नगरपालीकाका कार्यकारी अधिकृत नेव बहादुर ओलिले जानकारी दिनुभएको छ । व्यापक रुपमा जन सहभागिता बनाएर अघि बढे सफल हुने भन्दै सबै संग हातेमालो गर्न सुझाव दिनुभएको छ । तोकिएको मिति कार्तिक २८ भन्दा एक महिना अघि नगरपालिकालाई खुलादिसा मुक्त गरी उदाहरणीय बन्ने वहाँको अठोट छ ।
सभागृह स्थापना गर्ने भनिएको बस्तिमा शौचालय बन्न सकेको छैन । त्यसलाई वडा सरसफाइ समितिले हल गर्न नसक्ने बताएको छ । वडा संयोजक शक्तिराम डाँगिका अनुशार नगरपालिकाले केहि व्यक्तीको जिम्मालिए सजिलै खुलादिसा मुक्त गर्न सकिने छ । ठुला बडाले अवरोध गरेकाले नगर स्तर बाटै पहल गर्न सल्लाह दिनुभएको छ । जम्मा ६९ घर ३ प्रतिशत मात्रै शौचालय बन्न बाँकि छ । भने वडामा जम्मा घरधुरी संख्या २ हजार ७ सय ८ घरधुरी रहेका छन् ।
वाँकि रहेकामा पनि दुई तिन वटा घरभएकाले एक ठाउँ मात्रै साझा बनाएका छन् । विहानै निस्कने राति रक्सी खाएर आउनेले शौचालय बनाएका छैनन् । बनाउने जग्गै नभएका गरिबहरुले बनाउन सकेका छैनन् । भाडामा बस्न दिएका धनिहरुका घरमा पनि छैन । अब्यवस्थित बसोवास भएको ठाउँमा काम अघि बढाउन सकिएको छैन । ऐलानिमा बसेका बस्ति हटाउन वा शौचालय बनाउन टोलले नसक्ने बताएका छन् । केहि दलका नेता र धनाढ्यहरुले पनि अवरोध गरेका छन् ।
घोराहि नगरपालिकाका कार्यकारी अधिकृत नेब बहादुर ओलिको अधयक्षतामा विहिवार घोराही नगरपालिकामा भएको वडा नम्बर १० को विशेष समिक्षा बैठकले शुक्रवार देखि विशेष अभियान चलाउने निर्णय गरेको छ । चार समुहमा बाँडिएको वडा सरसफाई समितिको एक हप्ता भित्र समिक्षा गरी वडा घोषणाको मिति तोक्ने निर्णय गरेको छ । बैठकमा ईन्जिनियर रामधन श्रेष्ठ, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्राविधिक गजेन्द्र बहकरी, मानव कल्यान तथा वातावरण संरक्षण केन्द्रका अध्यक्ष कमल गौतम लगाएतले सहजीकरण गर्नुभएको थियो । वैठकको सञ्चालन शाखा अधिकृत सुवोध रेग्मीले गर्नुभएको थियो ।
No comments for: "मध्य तथा सुदुर पश्चिममा पहिलो खुलादिसा मुक्त बन्ने दौडमा घोराही नगरपालिका "
Leave a Reply