मनिष दाहाल काठमाण्डौ,
सबै व्यक्तिलाई लाग्छ अनि लाग्न स्वभाविक नै हो । कोही संञ्चारकर्मी रेडियोमा आवजमा मनै छुने कार्यक्रम चलाउदा लाग्दो होस् या टेलिभिजनको पर्दामा चकित पार्ने गरि कार्यक्रम चलाएको देख्दा सुन्ने र हेर्ने स्रोता दर्शकले यो बुझ्छन् की यो व्यक्ति निकै सम्पन्न छ अनि निकै खुसी पनि छ । बुझ्दा जे बुझिन्छ तर वास्तवमा बुझेको भन्दा निकै फरक छ संञ्चारकर्मी पत्रकारको जिन्दगीमा । विहान उठी चियाको चुस्की समेत लाउन चपाइ समाचारको खोजीमा हिड्ने पत्रकार अनि स्रोता, दर्शकलाई कसरी सन्तुष्टी दिने भनेर तल्लिन हुने सञ्चारकर्मी आफु कार्यरत हुने संस्थाले विहान बेलुका समेत पिउन नसक्ने मासिक रकम दिने गरेका छन् । राष्ट्रको चौथो अङ्ग भनेर चिनिने पत्रकार, संञ्चारकमीलाई नेपालको सरकारी ऐन अनुसार १० हजार भन्दा कम मासिक रकम दिन नपाउने प्रावधान गरे पनि संञ्चार माध्यम ले संञ्चार माध्यममा कार्यरत संञ्चारमर्की, पत्रकारले निकै न्युन शुल्कमा काम गर्नु पर्ने अवस्था रहेको पत्रकार संञ्चारकमी श्यामहरि शिव भक्ति बताउनुहुन्छ ।
यसरी न्यून शुल्कमा काम गर्नु पदा कसरी दैनिक खर्च चलाउछन् त एक पत्रकार विरेन्द्र शाह “मेरो त कोठा भाडा मात्र ४००० छ । विहान बेलुका खानै प¥यो, ग्यास सिधिन्छ भर्नै प¥यो, एक छोरी छ राम्रै स्कुलमा पठाउनै प¥यो । महिना को झण्डै ३० हजारसम्म खर्च हुन्छ । श्रीमतीले सानो तिनो काम गर्छिन आफ्नो त मोटरसाइकलमा तेल हाल्न पनि पुग्दैन अफिसले दिइएको तलबले त के गर्नु भगवान ले यहि पेशाबाट गरि खा भनेर पठाएछन्” पत्रकार विरेन्द्र को जस्तो व्यथा धेरै पत्रकारको छ । नेता देखी जनताको माझ चिनाउने, राम्रालाई राम्रो नराम्रो लाई खराब भनेर सजक गराउने यिनै सञ्चारकर्मि, पत्रकार कसरी बाचेका छन् त न कसैले बुझेको छ नत बुझ्ने चेस्टा गरेको छ । पत्रकारको छाता संगठन विभिन्न भए पनि आज सम्म ति संघ–संगठनले अहिले सम्म कुनै पनि उचित कदम चाल्न सकेको छैन ।
काठमाण्डौ को चर्को कोठा भाडा, महंगो दाल–चामल आदिले के यहि पेशामा पत्रकार संञ्चारकर्मी रहन सक्छन त एक संञ्चारकर्मि मोहन शर्मा “मोहन शर्मा ” के यहि पेशामा रहलान र गाँस, वाँस, कपासको जोहो गनै प¥यो । संञ्चारकमी पत्रकारको तलबले कोठा भाडा त निर्न सकिदैन अनि पेशा छोडेर अर्कै काम मा लाग्नु भन्दा उपायपनि त छैन । कि राज्यले विशेष व्यवस्था ल्याउनु प¥यो नत्र काम परिर्वतन गरेर भए पनि त पेट भर्नै पर्छ । के गर्नु दुःख लाग्छ राज्यको नियम देख्दा पनि प्राय सबैका लागि गाँस, वास, कपास को व्यवस्था हुन्छ हामी सञ्चारकमी पत्रकारको त गाँसको त व्यवस्था छैन अझ त टाढा को कुरा हो । पत्रकार सञ्चारकर्मी को त भविष्यको पनि सुनिश्चित छैन विहान कलम बोकेर हिडेको व्यक्ति बेलुका कोठामा फकेर आइन्छ आइदैन भन्नेमा आक्रोस शब्दले मोहन शर्मा बताउनुहुन्छ ।
यसरी मुटु भरी व्यथा बोकेर बाहिरी मिठो हासो हास्ने, आफु सँग कुनै पनि समस्या छैन, चुनौती छैन भनेर लागि पर्ने सञ्चारकर्मी पत्रकार के स्रोता, दर्शकले देखेको, सुनेको र बुझेको भन्दा सम्पन्न, व्यवस्थित र खुसी छन् त एक टेलिभिजन चलचित्र पत्रकार आयुस नेपाली भन्नुहुन्छ सबै पत्रकार सञ्चारकर्मी खुसी व्यवस्थित र सम्पन्न छन भनेर भन्न त मिल्दैन तर केही पत्रकार व्यवस्थित र सम्पन्न पनि छन् । तर प्राय सञ्चारकर्मि, पत्रकार बाहिरी हासोमै रम्नु पर्ने वाध्यतापनि छ । स्रोता दर्शकले जे बुझेका छन त्यो भन्दा त धेरै फरक छन सञ्चार क्षेत्रमा काम गर्ने व्यक्तिहरु ।
टेलिभिजनमा सुट बुट लगाएर आएपछि सम्पन्न छ भन्नु अनि रेडियोमा कार्यक्रम चलाउने प्रस्तोता खुसी छ भन्नु त्यो स्वभाविकनै हो स्रोता, दर्शकले तर यति बुझ्नु जरुरी छ की उनिहरुपनि स्रोता, दर्शक भन्दा कम पिडित चै छैनन आयुष बताउनुहुन्छ ।
राज्यले सञ्चार माध्यममा काम गर्ने व्यक्तिलाई उचित व्यवस्थापन गर्न सके, सञ्चारकर्मी पत्रकार मागहरुलाई सुनिश्चित गर्न सके सधै सुनिने, हेरिने र बुझिने सञ्चारमाध्यमका व्यक्तिहरु सञ्चारमाध्यमै रहन सक्छन नत्र पेशा परिवर्तन गरेर भएपनि त बाच्नै प¥यो । यसरी राज्यले तोकेको मासिक खर्च भन्दा न्युन शुल्कमा काम लगाउने सञ्चारमा त्यसलाई कारवाही गरी सञ्चारकर्मि पत्रकारलाई न्याय दिन सके राज्यको चौथो अङ्ग भनेर शिर ठाडो बनाउन सञ्चारकर्मी पत्रकारले पनि पाउथे कि ?
No comments for: "“संञ्चारकर्मी, पत्रकारको मुटु भरि व्याथा”"
Leave a Reply