१६असोज ,
खगेन्द्र के सी दाङ ,
दाङमा यात्रुहरुको समस्यालाई ख्याल गर्दै आज तुलसीपुर बजारका १० स्थामा नागरिक सहायता केन्द्र स्थापना गरिएको छ । चाडपर्बमा हुन सक्ने दुर्घटना, लुटपाट तथा बसपार्क, क्षेत्रमा यात्रुहरुलाई पर्ने असुविधा र सुरक्षालाइ मध्यनजर गर्दै दाङमा टिकट काउन्टरमा समेत नागरिक सहायता कक्ष स्थापना गरिएको हो ।
ट्राफिक प्रहरीदाङ र राप्ती अञ्चल सार्बजनीक यातायात ब्यबसायी समिती को संयुक्त पहलमा दाङको तुलसीपुर बजार, नयां बसपार्क र टिकट काउन्टरहरुमा सहायता कक्ष स्थापना गरिएको छ ।
तुलसीपुरका १० स्थानहरुमा सहायताकक्ष स्थापना गरिसकेको र केही दिनमा राप्ती समितीका घोराही, लमही, भालुवाङ र अमिलियाका टिकट काउन्टरहरुमा समेत नागरिक सहायता कक्ष स्थापना गर्ने राप्ती बस समितीका प्रशासनिक सचिव सुरेश हमालले जानकारी दिनुभयो ।
तुलसीपुर क्षेत्रका सरोकार वालाको सक्रियतामा नयां बसपार्कमा एक औपचारिक कार्यक्रमका बिच सहायता कक्षको स्थापना गरिएको हो । सहायता केन्द्र माफर्त यात्रुहरुको गन्तब्य स्थानसम्मको टिकट दर,आफूमाथी भएका शंकास्पद क्रियाकलाप,सवारी साधनको अन्यौलता लागायतका बिषयमा कर्मचारिले सहजीकरण गर्ने राप्ती समितीका प्रशासनिक इन्चार्ज मोहन पुरिले जानकारि दिनुभएको छ ।
जसबाट यात्रुहरुले सहज तथा सुरक्षीत यात्रा गर्न पाउने विश्वास लिएका छन । आफूलाइ कुनै समस्या परेमा सहायता केन्द्रको बाहीर टासिएका ट्राफीक प्रहरी,इलाका प्रहरी र समितीको कार्यालयका कर्मचारीहरुको नम्बरमा सम्पर्क गरे त्यस्को तत्कालै समाधान गर्न प्रयास गरिने ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख भिमराज वलीले जानकारी दिनुभएको छ ।
No comments for: " दाङमा टिकट काउण्टर संगै सहायता केन्द्रको स्थापना "
Leave a Reply