१६ असोज ,
मनिष दाहाल काठमाण्डौ,
नेपाल मा प्राय जसो सुन्न पाइरहने खवर कुनै संस्था भाग्यो, कुनै लगानीको अभाबमा बन्द भयो, कुनै संस्था चल्न दिइएन आदि इत्यादि खबरले प्राय समचारको पृष्ठ, रेडियोमा हेडलाइन्स, टेलिभिजनमा ताजा खबर हरुमा प्राय खबर सुन्न र पढ्न पाइन्छ । यि मध्य पनि अहिले सबै ठाँउमा तरङ्ग उत्पन्न गरेको छ हेल्लो नेपाल को खबरले । एउटै कम्पनी संस्था ले धेरैवटा सम्म मोवाइल सेवा प्रदायको सेयर लिन नपाउने भएपछि एनसेलको लगानी कर्ता युरोपेली कम्पनी टेलियासोनेराले नेपाल स्याटेलाइट कम्पनीको सेयर जोघर इन्भेष्टमेन्ट नामक एक कम्पनीलाई बेचिएको छ ।
नेपाल स्याटेलाइट कम्पनीले मध्यपश्चिम क्षेत्रमा दुरसंचार सेवा दिनेगरी हेलो नेपाल ब्रान्डमा टेलिफोन सेवा सञ्चालन गरिएको थियो । अजय सुमार्गी साझेदारीमा सञ्चालनमा रहेको नेपाल स्याटेलाइट कम्पनीले सन् २०११ र १२ मा दुईपटक गरी टेलियासोनेराले नेपाल स्याटेलाइटको ५६ प्रतिशत सेयर किनेको थियो । टेलियासोनोराले एक विज्ञप्ती जारी गरि नेपाल स्याटेलाइट कम्पनीको सेयर बेच्दा ४० करोड स्वीडस कोनर (करिब ६ अर्व रुपैया) घाटा खाएर बेचेको बताइएको छ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल को पनि साझेदारी रहेको आरोप लाग्दै आएको हेल्लो नेपालको सेयर विक्रि प्रक्रिया एक महिना भित्र पुरा हुने बताइएको छ । नेपाल स्याटेलाइट कम्पनीले सेयर बेचे पछि अब टेलियोसोनेराले आफनो सम्पूर्ण ध्यानाकर्षण एनसेलमा लगाउने पनि बताइएको छ ।
एनसेलको लटग एउटा साहायता ब्राण्ड बनाउने र त्यसमार्फत टेलियासोनेराले बजार बलियो बनाउने लक्ष्य साथ नेपाल स्याटेलाइटको ५६ प्रतिशत हिस्सा किनेता पनि त्यो सफल नभएको कम्पनीले नेपाल स्याटेलाइटको सेयर खरिद गरेपछि कम्पनीमा कार्यरत अधिकाशं कर्मचारी निस्कासनमा परेका छन् । यसरी कम्पनी बाट सम्पूर्ण त्यक्ति निस्कासमा भएपछि टेलियासोनेराका अध्ययक्ष अजय सुमार्गी की श्रिमती ले पनि राजीनामा दिइएकी छिन् । टेलियासोनेरा ६ अर्ब घाटामा खाइ बेचेपनि अजय सुमार्गी को २७ प्रतिशत सेयर अझै बाँकी रहेको छ । अहिले टेलियासोनेरले सेय बिक्रि गरेको कम्पनी जोघर इन्भेष्टमेन्ट कम्पनी व्रिटिस आइल्याण्डको कम्पनी रहेको छ । जोघर इन्भेष्टमेन्ट कम्पनीको स्वटमत्व को सँग छ भन्नेमा विवाद भएपछि टेलियोसोनेराका अधिकारी हरुले जोधरसँग भएको सम्झौताबारे टिका टिप्पणी गरी वृह तगर्न नमिल्ने बताएका छन् ।
यसअघि टेलियासोनेराले सन २००८ मा एनसेलको स्वामित्व पनि जोघरबाटै किनेको थियो । यसरी विवादै विवादमा रहेको हेल्लो नेपाल ६ अर्व घाटा खाएर बेचेको छ । यसरी वैध पक्ष नेकपा मोओवादीले प्रचण्ड को साझेदारीमा चलेको हो हेल्लो नेपाल भनेर आरोप प्रत्यारेप खाइरहेका प्रचण्ड अब भने थोरै भए पनि राहात मिलेको छ । तर विभिन्न टिक टिका टिप्पणी को बिच विक्रि भएको टेलियासोनेर यसरी चुनावै माहोलमा कार्यकता भड्कन्छन् भनेर प्रचण्डले ठूलो खेल खेलेको पनि केही जानकारहरु बताउछन् । यसरी ठुलो परिमाणको घाटा खाएर बेचेको कम्पनी मा राजनितिक परेको हो हैन त्यो भने हेर्न बाँकी नै छ ।
No comments for: "छ अर्ब खायो हेल्लो नेपालले"
Leave a Reply