१६ असोज ,
कपिलवस्तु क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेस नेता अतहर कमालले टिकट नपाएको भन्दै उनको पक्षका असन्तुष्ट कार्यकर्ताले तौलिहवा स्थित पार्टी कार्यालयमा आगजनी गरेका छन्। लोकप्रिय नेता कमाललाई टिकट नदिई अन्याय गरेको भन्दै करिब १०० जनाको संख्यामा आएका क्षेत्र नम्बर २ का कार्यकर्ताहरुले जिल्ला कार्य समितिका पदाधिकारीहरुको नेम प्टेल बोर्ड, कुर्सी लगायतका सामग्री तोडफोड गर्नुका साथै आगो लगाइदिएका छन्।
पार्टी जिल्ला सभापति सुरेन्द्र आचार्य, उपसभापति निर्मला पराजुली, पार्टी सचिव सुरेश शर्मा लगायतका पदाधिकारीको नेमप्लेटलाई समेत उनीहरुले जथाभावी रुपमा तोडफोड गरी त्यसमा पनि आगो लगाएका थिए। आगजनी र बिरोध भइरहेका बेला पार्टीको जिल्ला कार्य समितिका केही पदाधिकारी, मुस्लिम संघ लगायतका केही कार्यकर्ताहरु समेत रहेका थिए।
उनीहरुले पार्टी कार्यलयको साईन बोर्ड, प्यालक्स बोर्ड समेत निकालेर फालेका थिए । बिरोध स्वरुप पार्टी कार्यालयमा उनीहरुले केहीबेर नाराबाजी गर्दे धर्ना दिएका थिए । उनीहरुले लोकप्रिय, कर्मठ युवा उम्मेदवारलाई छनौट गर्नु पर्ने समाबेशी सिद्धान्त लागु गरी अतहर कमाललाई उम्मेदवार छनौट गर्नु पर्ने, गुटबन्दी अन्त्य गर्नु पर्ने लगायतका चर्का नाराबाजी गरेका थिए । मुस्लिम वाहुल्यता रहेको सो क्षेत्रमा समावेशि सिद्धान्त नअपनाई गुट उपगुट गरेको उनिहरुको आरोप छ।
No comments for: " कार्यकर्ता द्वारा पार्टी कार्यालयमा आगजनी"
Leave a Reply