१६ असोज ,
ब्राजीलको बिमानस्थलबाट लाखौं डलर बराबरको टैब्लेट र नोटबुक चोरी भएको छ । १० जना लुटेराले बिमानस्थल प्रवेश गर्ने क्रममा सुरक्षागार्डलाई बन्धक बनाई ती सामान लुटेको बताइएको छ । आफनै सवारीसाधन लिई बिमानस्थलमा आएका लुटेरा मध्ये केहीले सुरक्षाकर्मीको पोशाक लगाएका थिए । टैब्लेट मात्र ५९ वटा बक्स लगेका छन् ।
ब्राजीलमा आगामी बर्ष हुने विश्वकपको सुरक्षा ब्यबस्था कडा बनाइएको बताइएपनि चोरीको यो घटना भएको हो । लुटिएका सामानको मूल्य आठ लाख अमेरिकी डलर रहेको बताइएको छ ।-एजेन्सी
No comments for: "ब्राजीलको विमानस्थलबाट लाखौं चोरी"
Leave a Reply