१५ असोज
आर के सी दाङ,
आउँदो १७ गतेदेखि दाङको घोराहीदेखि काभ्रेको तापासम्म गाडि चल्ने भएको छ । स्थानीय सामुदायिक वन उपभोक्ता समिति र राप्ती अञ्चल सार्बजनिक यातायात समितिबीच आज भएको सम्झौता अनुसार गाडि सञ्चालन हुने भएको यातायात समितिले बताएको छ ।
जुद्धबीर सामुदायिक वन उपभोक्ता समिति, सरस्वति सामुदायिक वन उपभोक्ता समुह र राप्ती अञ्चल सार्बजनिक यातयात व्यवसायी समितिबीच भएको सम्झौतामा भाडादर पनि कायम गरिएको छ । जसअनुसार घोराहीदेखि मट्नेटाससम्म १ सय २५ र तापा सम्मका लागि १ सय ५० रुपैयाँ तय गरिएको बताइएको छ ।
साथै गाडि सञ्चालनका क्रममा आउने समस्या वन उपभोक्ता समुहहरुले सुल्झाउने पनि सहमति भएको सरस्वति सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष नारायणप्रसाद पौडेलले जानकारी दिनुभयो । घोराही देखि तापा सम्म गाडी सञ्चालन हुने भएपनि त्यस आसपासका स्थानियलाई सहज हुने भएको छ ।
No comments for: "घोराहीदेखि काभ्रेको तापासम्म गाडि चल्ने"
Leave a Reply