भ्रष्टाचारमा दोषी ठहरिएपछि लालू प्रसाद जेल चलान



१४ असोज,

भारतमा भ्रष्टाचार  मुद्दामा सीबीआई अदालतले बिहारका पूर्व मुख्यमन्त्री एवं राष्ट्रिय जनता दलका प्रमुख लाल प्रसाद यादवलाई दोषी ठहर गरेको छ । अदालतको फैसला लगतै लालूलाई रांचीको बिरसा मुन्डा जेल चलान गरिएको बताइएको  छ  ।

यस मुद्दामा ४४ अन्य अभियुक्त पनि थिए र सबैलाई अदालतले दोषी ठहर गरेको छ । सजाय भने ३ अक्टोबरमा सुनाइनेछ । सीबीआईका अभियोजक बीएमपी सिंहले लालू यादव र जगन्नाध मिश्रलाई बढीमा सात बर्षसम्म सजाय हुनेछ ।

लालूप्रसाद न्यायाधीश परिवर्तनको माग गरेका थिए, तर सर्वोच्च अदालतले उनको निवेदन खारेज गरेको थियो । लालूप्रसाद र ४४ अन्य मानिसले चाइबास कोषागारबाट ९० को दशकमा ३७.७ करोड भारु निकालेको मामिलामा उनीहरुलाई अभियुक्त बनाइएको थियो ।

चाइबास त्यसबेला अविभाजित बिहारको भाग थियो । चराको आहारसम्वन्धी भ्रष्टाचारमा विशेष अदालतले ५३ मध्ये ४३ मुद्दामा यसअघि नै फैसला सुनाइसकेको छ । बिहारका मुख्यमन्त्री जगन्ननाथ मिश्रा, पूर्वमन्त्री विद्यासागर निषाद, आरके राणा र ध्रुव भगत पनि अभियुक्तमा थिए ।- एजेन्सी

No comments for: "भ्रष्टाचारमा दोषी ठहरिएपछि लालू प्रसाद जेल चलान"


Leave a Reply

Join Our Facebook !!!

More Latest