२२ जेठ ,
निर्वाचन आयोगका निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आयोगले संविधानसभा उपनिर्वाचन विद्युतीय मतदान उपकरणबाट सम्पन्न गर्ने तयारी गरिरहेको बताउनुभएको छ । जिल्ला निर्वाचन कार्यालय काठमाडौँले आज यहाँ आयोजना गरेको ‘निर्वाचनसम्बन्धी कानुन तथा विद्युतीय मतदान उपकरणद्वारा नमुना मतदान’सम्बन्धी अन्तरक्रियामा उहाँले विद्युतीय उपकरणबाट मतदान गर्दा निष्पक्षरुपमा निर्वाचन हुने विश्वास व्यक्त गर्नुभयो ।
निर्वाचन आयुक्त यादवले आपसी सद्भाव र भाइचारा कायम गरी आयोगले जारी गरेको आचारसंहिताको पालना गरिदिन पनि उम्मेदवारहरुसँग आग्रह गर्नुभयो । उहाँले गत मसिङ्र ४ गते सम्पन्न संविधानसभा निर्वाचनको ३५ दिनभित्र खर्च विवरण बुझाउनुपर्नेमा ५० प्रतिशत उम्मेदवारले अझैसम्म नबुझाएको बताउनुभयो । मुख्य निर्वाचन अधिकृत तथा न्यायाधीश अच्युत विष्टले विद्युतीय उपकरणको प्रयोग गरेर मतदान गर्दा छिटो र कम खर्चिलो हुनाका साथै मत बदर नहुने बताउनुुभयो ।
निर्वाचन आयोगका उपसचिव एकनारायण अर्यालले विद्युतीय उपकरणबाट मतदान गर्ने पद्धतिबारे जानकारी दिन मतदाता शिक्षा टोली परिचालन भइरहेको जानकारी दिनुभयो ।काठमाडौँ निर्वाचन क्षेत्र नम्बर–२, चितवन निर्वाचन क्षेत्र नम्बर–४, बर्दिया निर्वाचन क्षेत्र नम्बर–१ र कैलाली निर्वाचन क्षेत्र नम्बर–६ मा आगामी असार ८ गते उपनिर्वाचन हुँदैछ । काठमाडौँमा ३७, चितवनमा १२, बर्दियामा १२ र कैलालीमा १५ जना उम्मेदवार रहेका छन् ।
कार्यक्रममा दलहरूका उम्मेदवार र उम्मेदवारका प्रतिनिधिहरूलाई विद्युतीय मतदान उपकरणबाट नमुना मतदान गर्न लगाइएको थियो ।

No comments for: "संविधानसभा उपनिर्वाचन विद्युतीय मतदानबाट – आयुक्त यादव"
Leave a Reply