पछिल्लो अनुसन्धानअनुसार महिलाको ठूलो स्तन नियालेर हेर्ने पुरुषहरूमा रक्तचाप न्यून, नाडीको धड्कन कम र मुटुरोगको लक्षण कम देखापरेको छ । यो अनुसन्धान जर्मनीको फ्राँकर्फटस्थित तीनवटा अस्पतालमा गरिएको थियो ।
पाँच वर्ष लगातार महिलाको स्तन नियाल्ने दुई सय पुरुषमा उक्त सर्वेक्षण गरिएको थियो । उता, अमेरिकामा गरिएको यस्तै अर्को अध्ययनमा ४७ प्रतिशत पुरुषले पहिलो दृष्टि महिलाको स्तनमा पुर्याउने गरेको, ३३ प्रतिशतले नितम्ब र कम्मर तथा २० प्रतिशतले अनुहारमा हेर्ने गरेको पाइएको छ ।
जर्मन चिकित्सक कात्रेन विडरवाइका अनुसार दैनिक कम्तीमा १० मिनेट अपरिचित महिलाको स्तन नियाल्ने गरेमा ३० मिनेट व्यायाम गरेबराबरको फाइदा शरीरलाई मिल्छ । उता, अमेरिकामै इन्टरनेटमार्फत् गरिएको अर्को अध्ययनमा महिलाको स्तन पुरुषले मात्र होइन, महिलाले पनि नियाल्ने गरेको पाइएको छ । सामाजिक मनोविज्ञ सराह गेर्भाइसको भनाइमा पुरुषले महिलाको स्तन यौनिक दृष्टिकोणबाट लोभिएर हेर्छन् भने महिलाले प्रतिस्पर्धीको रुपमा हेर्छन् । - एजेन्सी
No comments for: "महिलालाई लुकेर हेर्दा फाइदै–फाइदा"
Leave a Reply