रमेश खरेल काठमाडौं प्रहरी प्रमुखबाट हटाइए


१३ जेठ ,

मर्यादा विपरीत आफ्नो संगठनका अधिकारीको विपक्षमा अभिब्यक्ति दिएको भन्दै प्रहरी मुख्यालयले काठमाडौं प्रहरी प्रमुख बरिष्ठ उपरीक्षक (एसएसपी) रमेश खरेललाई काठमाडौं प्रहरी प्रमुखबाट हटाइएको छ  ।
उनको स्थानमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)का निमित्त प्रमुख एसएसपी उत्तमकुमार कार्कीलाई पठाउने भएको छ ।
 
 प्रहरी मुख्यालयको सिफारिसमा गृहमन्त्रालयले खरेललाई मुख्यालय बोलाएर कार्कीलाई पठाउन लागेको हो । कार्की अपराध अनुसन्धानमा राम्रो दख्खल भएका मानिन्छन् । तर असार ८ गते संविधानसभाको उप निर्वाचन हुने भएकाले मङगलबार निर्वाचन आयोगको सहमति लिएर मात्र सरुवा गरिने भएको छ ।

ब्यावसायिक दक्षता भएका खरेलले दुई दिन अघि राजधानीको एक सार्वजानिक कार्यक्रममा आफ्ना संगठनका बरिष्ठ अधिकारी नायब महानिरीक्षक (डिआईजिपी)हरु बढुवाका लागि ब्रिफकेस बोकेर शक्तिकेन्द्र धाउने गरेको अभिब्यक्ति दिएर विबादमा तानिएका थिए । उनले संगठनको नीति विपरीत गएर अभिब्यक्ति दिएको भन्दै प्रहरी मुख्यालयले डिआईजिपीको संयोजनमा छानबीन समिति समेत गठन गरेको छ । खरेललाई आइतबार नै मुख्यालय तानिने तय भएको थियो ।

No comments for: "रमेश खरेल काठमाडौं प्रहरी प्रमुखबाट हटाइए"


Leave a Reply

Join Our Facebook !!!

More Latest