प्रहरी कार्यालयमा आगजनी

११ जेठ ,

 सीमावर्ती गाविस बरियारपट्टीस्थित इलाका प्रहरी कार्यालयमा स्थानीयवासीले आज दिउँसो आगजनी गरेका छन् । प्रहरीले लागुऔषधसहित भारत लदनियाँका मो. इस्लाम अहमदलाई पक्राउ गरेपछि नीयवासीले त्यसको विरोधमा प्रहरी चौकीमा आगजनी र तोडफोड गरेका हुन् । 

आगलागीबाट प्रहरीको भान्छा तथा खाना खाने कोठा जलेर नष्ट भएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन नौ सेल अश्रुग्यास र तीन राउन्ड सर्ट गन छर्रा फायर गरेको प्रहरी नायब निरीक्षक कमल केसीले जानकारी दिनुभयो । सो क्षेत्रमा अहिले पनि तनाव कायमै छ । स्थानीयवासीको आक्रमणबाट प्रहरी चौकी हरकट्टीका प्रहरी सहायक निरीक्षक नन्दलाल माझी, प्रहरी सहायक निरीक्षक ललित बस्नेतलगायत एक दर्जन प्रहरी घाइते भएको सिरहाका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीले जानकारी दिनुभयो ।

पाँच एम्पुल डाइजिपामसहित पक्राउ परेका भारतीय नागरिक अहमदले बरियारपट्टीमा प्यारालाइसिस क्लिनिक सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ ।

स्थानीयवासी अहमद लागुऔषधको कारोबारी नभएको भन्दै छाड्नुपर्ने अडान राखेको र नछाडेपछि आक्रोशित भएर प्रहरी चौकीमा आगजनी तथा तोडफोड गरेको प्रहरी उपरीक्षक जोशीले बताउनुभयो ।

आगजनीमा संलग्न बरियारपट्टी–३ का सतिराम यादव, इनर्वा–४ का नन्दलाल यादव, सोही ठाउँका श्यामकुमार मण्डल, कचनारी–७ का सञ्जय यादव, सोही गाविसका सन्तोष कुमार साह, बरियारपट्टी–१ का रामबालक यादव, सोही गाविस–४ का रामसेवक यादव र लक्ष्मिनियाँ–४ का सञ्जयकुमार दासलाई प्रहरीले पक्राउ गरेको छ । रासस


No comments for: "प्रहरी कार्यालयमा आगजनी"


Leave a Reply

Join Our Facebook !!!

More Latest