९ जेठ ,
एक वर्षअघि भारतको उत्तराखण्डस्थित केदारनाथ क्षेत्रमा आएको विनाशकारी बाढीमा परेर कम्तिमा ६ हजार नेपालीको मृत्यु भएको तथ्यांक बाहिर आएको छ ।
केदारनाथमा गत असारको पहिलो हप्ता आएको बाढीमा परेर मृत्यु हुने नेपालीको संख्या नै पत्ता नलागिरहेका बेला इन्भाइरोनेटिक ट्रष्ट नामक एक भारतीय सामाजिक संंस्थाले उक्त तथ्यांक बाहिर ल्याएको हो। संस्थाका प्रमुख डा. श्रीधरले केदारनाथ क्षेत्रमा गएर त्यहा“का स्थानीय बासिन्दालाई बुझ्दा त्यस घटनामा ६ हजार नेपालीको मृत्यु भएको पाइएको बताउनुभयो ।
इन्डो–नेपाल जोइन एक्सन फोरमका अध्यक्षसमेत रहेका डा. श्रीधरले उत्तराखण्ड सरकारले नेपालीको मृत्यु बारेमा केही नबोल्नु दुःखद् भएको बताउनुभयो । उहा“ले नेपाल सरकारले यस विषयमा भारतलाई आवश्यक दबाब दिन नसकेको धारणा राख्नुभयो । फोरमले गरेको अध्ययनमा केदारनाथका केही होटलमा मात्रै तीन सय नेपालीको नाम भेटिएको थियो । भेटिएकाको अधकल्चो नाम थियो, न त ठेगाना नै पूरा थियो । त्यहा“ काम गर्ने नेपालीको कुनै रेकर्ड नै थिएन । होटलमा काम गर्ने, भरिया, तीर्थालुलाई पालकीमा बोकेर केदारनाथको मुख्य मन्दिर रहेको गौरीकुण्डसम्म पु¥याउने र ल्याउने काम नेपालीले नै गर्थे । यस्तो काम गर्ने नेपालीको संख्यालाई आधार मानेर संस्थाले उक्त तथ्यांक बाहिर ल्याएको हो ।
उत्तराखण्ड सरकारले आधिकारिक रुपमा घटनामा जम्मा ५ सय ६० जनाको मात्रै मृत्यु भएको र ४ हजार २ सय ६३ जना हराइरहेको तथ्यांक सार्वजनिक गरेको छ । यो तथ्यांकमा एकजना पनि नेपालीको नाम समावेश छैन । भारतीय अधिकारीले १ सय १६ जना नेपालीको उद्धार गरेर पठाएको मात्रै तथ्यांक राखेका छन् । - एजेन्सी
No comments for: "६ हजार नेपालीले ज्यान गुमाए"
Leave a Reply