पुर्वका ९ जिल्ला बन्दको आह्वान


 १७ असोज,

मङ्सिर ४ को संविधानसभा निर्वाचनको विरोधमा आज विपक्ष मञ्चसम्बद्ध सङ्घीय लिम्बुवान् राज्य परिषद्ले पूर्वका नौ जिल्लामा बन्दको आह्वान गरेको छ ।  परिषद्ले झापा, इलाम, पाँचथर ताप्लेजुङ मोरङ, सुनसरी, धनकुटा, सङ्खुवासभा र तेह्रथुम लगायतका जिल्लालाई लिम्बुवान् क्षेत्र भन्दै बन्दको आह्वान गरेको हो । 

संविधानसभाको निर्वाचन अघिनै गोलमेच सम्मेलन गरी निर्वाचन प्रकृया सुधार गर्नुपर्ने माघ दोहोर्‍याउदै निर्वाचन प्रकृया विथोल्ने कार्यक्रम सहित आज यातायात बन्दको घोषणा गरेको हो ।बन्दका कारण बिहानैदेखि यस क्षेत्रको पूर्व–पश्चिम राजमार्ग र कोसी राजमार्गमा सार्वजनिक यातायातका साधन ठप्प भएका छन् । 

यसैबीच संविधानसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फका उम्मेदवारको बिहीबार मनोनयन हुने भएकाले झापाको सदरमुकाम चन्द्रगढी–भद्रपुरमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ । विभिन्न चोक र सडकमा प्रहरी टोली परिचालन गरिएको बताइएको छ  ।

No comments for: "पुर्वका ९ जिल्ला बन्दको आह्वान"


Leave a Reply

Join Our Facebook !!!

More Latest