बिमलको ह्यट्रिक्ले नेपाल फाइनल चरणमा प्रवेश गर्यो

१३ असोज, 

नेपाल तेस्रो पटक एएफसी यु–१६ च्याम्पियनसिप फुटबलको फाइनल चरणमा प्रवेश गरेको छ । सन् २००० र सन् २००६ मा फाइनल चरण खेलेको नेपालले त्यसपछि पहिलो पटक फाइनल चरण खेल्ने अवसर पाएको हो । काठमाडौंमा सम्पन्न छनोट चरणमा सर्वाधिक सफल टिम बन्दै नेपाल फाइनल चरणमा पुगेको हो ।

समूह विजेता नेपालले अन्तिम खेलमा तुर्कमेनिस्तानलाई ४– ०  गोलको फराकिलो अन्तरले पराजित ग¥यो । नेपालका लागि कप्तान विमल घर्तीमगरले ह्याट्रिक पूरा गरे भने त्यसैगरी दिनेश राजवंशीले एक गोल थपे ।
 अपराजित रहँदै फाइनल चरणमा पुग्ने क्रममा नेपालले बहराइनलाई २–० ले हराएको थियो भने विश्वकपको अनुभवी इराकसँग २–२ गोलको बराबरी खेलेको थियो ।

थाइल्याण्डमा आगामी वर्ष हुने फाइनल चरणका लागि एसियाका ४३ टिमलाई १० समूहमा विभाजन गरी खेलाइएको छनोटबाट समूहका विजेता तथा दोस्रो स्थान ओगट्ने उत्कृष्ट ५ टिमले थाइल्याण्डको टिकट काट्ने छन् ।
नेपाल रहेको समूह ‘सी’ बाट दुई खेल जितेर ६ अंक बटुलेको बहराइनको फाइनल चरण प्रवेशको सम्भावना रहेको छ भने ४ अंकको इराक र अंकविहीन तुर्कमेनिस्तान भने बाहिरिइसकेका छन् ।

No comments for: "बिमलको ह्यट्रिक्ले नेपाल फाइनल चरणमा प्रवेश गर्यो "


Leave a Reply

Join Our Facebook !!!

More Latest