नेपालले आज तुर्किमेनिस्तानको सामना गर्दै




१३ असोज ,

काठमाडौँमा जारी एएफसी यू–१६ छनोट फुटबलमा नेपालले  आज तुर्किमेनिस्तानसँग भिड्दैछ ।  दशरथ रंगशालामा साँझ ५ बजेपछि हुने समूह ‘सी’ को छनोट चरणको अन्तिम खेलमा घरेलु टोली नेपाल तुर्किमेनिस्तानलाई पराजित गर्दै फाइनल चरणमा पुग्ने प्रयासमा हुनेछ ।

नेपाल ४  अंकका साथ दोस्रो स्थानमा छ भने समान अंक भएपनि गोल अन्तरका आधारमा इराक पहिलो स्थानमा छ । बहराइनको ३ अंक छ भने तुर्कमेनिस्तानले अंक जोड्न सकेको छैन । तुर्कमेनिस्तान बाहेक तीन वटै देशको अघिल्लो चरण प्रवेशको सम्भावना छ ।

इराक पराजित भए वा बराबरीमा रोकिए नेपालले तुर्केमिनिस्तानलाई पराजित गरेपछि फाइनलमा पुग्नेछ । इराक विजयी भएको अवस्थामा भने नेपालको सम्भावना मात्र कायम रहनेछ । छनोटका दश समूहका शीर्ष टोली सिधै फाइनल चरणमा प्रवेश गर्नेछन् ।

उपविजेता १० मध्ये उत्कृष्ट ५ ले पनि थाइल्याण्डको टिकट पाउनेछन् । फाइनल चरण अर्को वर्ष थाइल्याण्डमा हुनेछ ।

No comments for: "नेपालले आज तुर्किमेनिस्तानको सामना गर्दै "


Leave a Reply

Join Our Facebook !!!

More Latest